यो अनलाइनबाट सेयर कारोबार गर्नका लागि प्रयोग गरिन्छ । टी एम एस को पूरा रुप हो, ट्रेड म्यानेजमेन्ट सिस्टम हो । लगानीकर्ताले घर, कार्यालय वा आफू बसेकै ठाउँबाट कम्प्युटर, ल्यापटप, मोबाइललगायतका डिभाइसमा लगइन गरी सेयर कारोबार गर्न सक्छन् । तपाईं सङ TMS को युजर नेम र पासवर्ड भैसके पछि तपाईंसँग भएको सेयर बिक्री गर्नका लागि कुनै समस्या छैन । तपाईंले विदाको दिन बाहेक आइतबारदेखि बिहीबारसम्म बिहान ११ बजेदेखि ३ बजेसम्म कारोबार गर्न सक्नुहुन्छ । त्यसबाहेक ती दिनमा विहान १०ः३० बजेदेखि १०ः४५ बजेसम्मको १५ मिनेटको समयमा प्रि–ओपन सेसनमा पनि कारोबार गर्न सक्नुहुन्छ । टीएमएसबाट सेयर बिक्री गर्नका लागि तपाईंले अर्डरमा क्लिक गरेर सेल भन्ने अप्सनमा गइसकेपछि कम्पनीको नाम, बिक्री गर्न चाहेको सेयरको मात्रा र मूल्य लेखेर बिक्री गर्न सक्नुहुन्छ । यसरी बिक्री भए वा नभएको तत्कालै देख्न सकिन्छ ।
यसरी सेयर मूल्य राख्दा तत्कालको मूल्यभन्दा अधिकतम र न्यूनतम २ प्रतिशतसम्ममा राख्न सकिन्छ । त्यसैगरी टीएमएसबाट कुनै कम्पनीको सेयर खरिद गर्दा पनि बाइ अर्डरमा गएर कम्पनीको नाम, खरिद गर्न चाहेको कित्ता र मूल्य राखेर समिट गर्न सकिन्छ । तर यसका लागि तपाईंसँग खरिद गर्नका लागी रकम टीएमएसमा धितोका रुपमा राख्नुपर्ने हुन्छ । तपाईंले ब्रोकर कार्यालयमा कनेक्ट आइपीएस मार्फत् टीएमएसको कोल्याट्रर राख्न सक्नुहुन्छ ।
तपाईंले अर्डर र सेयर खरिद गरेसँगै धितोका रुपमा राखिएका कति रकम खर्च भयो भन्ने देखिन्छ ।
यदि तपाईंले सेयर खरिद गर्नु भयो भने त्यसवापतको पैसा ब्रोकर कार्यालय वा कनेक्ट आइपीएसमार्फत् भुक्तानी गरिसकेपछि धितो पुरानै अवस्थामा देखिन्छ । यसरी खरिद गरेको सेयर कित्ता ३ दिनभित्रमा तपाईंको खातामा आइसक्नुपर्ने व्यवस्था छ भने सेयर बिक्री गरे वापतको पैसा ३ दिनभित्र तपाईंको बैंक खातामा आइसक्छ ।
टि.एम.एस. खाता बनाउनका लागी तल लिन्कमा दिइएको फर्म भरी हामीलाइ letter.career1@gmail.com मा Mail गरी सजीलै घरमा बसी बसी खोल्न सक्नुनुनेछ ।
Click here to download TMS Account Opening Form
फर्म को साथ साथै आवश्यक पर्ने अन्य कागजातहरु
१. नागरिकताको स्क्यान कपि (कलरमा)२. तपाईको हातमा नागरिकता बोकेको फोटो (फोटोमा नागरिकता बुझिने गरिको हुनुपर्नेछ)
३. पासपोर्ट साइजको फोटो
0 Comments