सामसुङले बनायो पानी र धुलोरहित फोन

दक्षिण कोरियाको मोबाइल कम्पनी सामसुङले मेटलबाट बनेको, ग्यालेक्सी एस 7 एक्टिभ बजारमा सार्वजनिक गरेको छ। यसअघि सामसुङले फ्ल्यागसिप एस सेभेनको एक्टिभ भर्सन सार्वजनिक गरेको थियो।

ग्यालेक्सी एस 7 एक्टिभ मा केही प्लास्टिक र मेटल मिसाइएकोले मोबाइलको तौल केही गह्रौँ छ भने सुरक्षाका लागि स्क्रिनमाथि पालिकार्बोनेट लेयर राखिएको छ।

उक्त फोन आइपी ६८ सर्टिफाइड अर्थात पानी र धुलोरहित जनाइएको यो स्मार्टफोनले अमेरिकी मिलिट्री स्टयान्डर्ड (MIL-STD) 810G पास गरेको कम्पनीले बताएकोछ। यसमा धेरै लाइट, कम तापक्रम, साल्ट, ह्यूमिडिटीको कुनै असर पर्दैन र यसको ब्याट्री ४ हजार एमएएच राखिएको छ । त्यस्तै इन्टरनल मेमोरी ३२ जीबीको रहेको छ जसलाई माइक्रो एसडी कार्डमा बढाउन सकिनेछ।

यो स्मार्टफोनमा ५.१ सुपर एमोलेड क्वाड एचडी डिस्प्ले छ र क्वालकम स्न्यापड्रैगन ८२० प्रोसेसर तथा ४ जीबी र्याम राखिएको छ । यो स्मार्टफोनमा पनि AT & T एक्सक्लुसिभ रहनेछ र त्यो सुविधा अमेरिकामा मात्रै उपलब्ध हुने कम्पनीले जनाएको छ ।

0 Comments