कालो पोथी २०५८ साल युद्धविरामको समयको मुगु जिल्लाको काहानी हो।
दिदीले जनयुद्धमा होमिनु अघि प्रकाश नेपालीलाई (खड्गराज नेपाली) दिएको एउटा कुखुराको पोथी बुवा ( जित बहादुर मल्ल) ले बेचिदिएपछिको भाग्दौड हो कालो पोथी। शुक्रराज रोकया ( किरण) को घरमा काम गर्ने (हलि) भएतापनी प्रकाश र किरणको मित्रता गहिरो र चोखो छ।
Review:
यसअघि लघुचलचित्रमा छाएका मीन बहादुर भामले यो चलचित्रमा निर्देशनको उत्कृष्ट प्रस्तुती दिएका छन। पात्र जुन्सुकै स्तर वा उमेरका हुन ती सबैको चरम उपयोग अनि जोड्दार प्रयोग गर्न भाम अब्बल देखिएका छन। सकेसम्म मुगुमै भेटिने र वास्तविकता भन्दा भिन्न नलाग्ने प्रप,रितिरिवाज देखाउनमा निर्देशक सफल छन। मुगुमै हुर्केर फिल्म मेकिगको पढाइ गरेका भामले आफ्नो बाल्यकालदेखिको अनुभूति सबै यो फिल्ममा उतारेका छन।
छायांकनमा यो फिल्मले १०मा १० नै पाउछ । हरेक शट्मा प्राकृतिक सौन्दर्य उतार्ने देखि पात्रको मनोभाव लाई जिवन्त उतार्न सफल छन। कुनै सट दर्शकलाई अलि लामो लाग्न सके पनि फिल्मको सन्दर्भ र पस्स्थिती सापेछ छ। रारा ताल, ताल वरपरको र मुगुको दृश्य यति जिवन्त यसअघी अरु कसैको क्यामेराबाट उतारिएको थिएन । मुगु नगएकाहरुलाइ यो फिल्मबाट मुगु दर्शनको मौका पनि मिल्छ।
हरेक कलाकारहरु आफ्नो पात्रमा खरो उत्रिएका छन । दुई बालकलाकारको चलचित्र क्षेत्रमा राम्रो सुरुवात र उज्ज्वल भबिस्य देखिन्छ। बिपिन कार्की (भस्मे डन)ले पनि यस फिल्ममा पनि मुगुबासीझै ज्वलन्त अभिनय गरेका छन। सहायक कलाकार देखि मुगुका स्थानिय मानिस सबैले आफ्नो भुमिका रामरी निभाएका छन।
दुर्बल पक्ष
नेपाली फिल्म क्षेत्रमा दुई धुर्विय चलचित्र हाबी छन। एउटा मनोरन्जन दिने खाल्का बाकी बिषयबस्तुलाइ लात हान्ने फिल्म र अर्को कलाको पारखीद्वारा बनाइने फिल्म।तर यो दुई छेउको उचित संमिश्रण भएको चलचित्र अझै बनेको छैन। धेरै आस भएतापनी कालो पोथी पनि कलाका पारखिकालागी मात्र बनेको छ। मनोरन्जन पनि चलचित्रको अभिन्न अङ हो भन्ने कुरामा यो फिल्म चुकेको छ। दर्शक्ले आफैले कनेर बुझ्नु पर्ने हास्य, slow build up ले फिल्मलाइ सादा नेपालिको लागि अलि अल्छी लाग्दो बनएको छ। दुई साथी बिचको मित्रतालाइ अझै गहिरो रुपमा खेलाउन नसक्नु र अर्थ खोज्न घोत्लिनु पर्ने २ सपनाका sequence ले गर्दा फिल्म सतहमा मात्र बगेको भान हुन्छ। साढे १ घन्टाको मात्र भएनी फिल्मको अन्त्यमा बिषयबस्तुलाई गहन रुपमा नदेखाइ सकाउनुमा सार्थकता देखिदैन।
समग्रमा कालो पोथी नेपाली चलचित्र क्षेत्रका लागि स्वदेश तथा बिदेश दुबैमा एउटा कोसेढुङा साबित हुनेछ। अबका दिनमा भाम एन्ड कोम्पनी बाट अझै ठूलो प्रस्तुती को आश छ।
चलचित्र भनेको मनोरन्जन र कला दुबै पक्ष्रमा सबल हुनु पर्छ। कलामा मत्र ध्यान जादा मनोरंजन शून्य हुने र मनोरंजनमा ध्यान दिइ छेउ न टुप्पोको बाल खेल हुने स्तर बाट नेपाली चलचित्र चाडैनै माथी उठ्नु पर्छ।
Sharad Dahal
0 Comments