वर्षादका कारण राँके–रवि सडकखण्ड अवरुद् ।

पाँचथर / निरन्तरको वर्षादका कारण खाल्डाखुल्डी परेको तथा विभिन्न स्थानमा झरेको पहिरोले पाँचथरको राँके–रवि सडकखण्ड अवरुद्द भएको छ । वर्षादका कारण ठाउँठाउँमा झरेको पहिरोको कारण एक हप्ता देखि यस सडककमा अहिले यातायातका सवारी साधन संचालन हुन सकेको छैन् । त्यस रुटमा संचालन हुने सवारीका साधन संचालन नहुँदा धनकुटाको सीमानासँग जोडिएका गाविसका स्थानीय दुई दिनको पैदूल दूरी हिडेर सदरमुकाम फिदिममा आउन वाध्य छन् ।

स्थानीय भक्त थेगिमले भन्नुभयो,“ अहिले यो सडकमा मोटरसाइकल समेत चलाउन समस्या छ जिप, बस त परको कुरा हो, अहिले मोटरसाइकल समेत चलाउन नसकेपछि यासोकको बाटो हुँदै सदरमुकाम आउनुपर्ने बाध्यता छ ।” यस सडकमा भर्खरै मात्रै इलाम सडक डिभिजनले सडक विस्तारको काम गरेकाले झन् वर्षादका समयमा सडक विग्रिएको स्थानिय विनोद आङदेम्बेले वताउनुभयो ।

उक्त सडकको ट्रयाक खुलेको साढे दुई दशक बित्दा पनि अहिलेसम्म स्तरोन्नति नहुँदा वर्षादका समययमा त्यस भेगका दुई दर्जन बढी गाविसका स्थानीय सास्ती खेप्न बाध्य छन् । त्यस सडकमा ट्रयाक्टर तथा मालबहाक ट्रकलगायतका सवारी साधन संचालन नहुँदा दैनिक उपभोग्य सामाग्रीको समेत ब्यापारीले मूल्य बढाउन थालेका छन् ।

जिल्लाका क्षेत्र नम्वर २ को लिम्बा, दुरदिम्बा, कुरुम्बा, मौवा, आङना, हाङगुम, ओलने, सराङडाँडा, रवि, फाक्तेप, चिलिङदेनतथा इलामको फुयतप्पा, आमचोक लगायत स्थानका दुई दर्जन वढी गाविसका स्थानीय अहिले सडकमा सवारी साधन संचालन नहुँदा पैदल दूरी हिड्न बाध्य छन् ।

सडकको स्तरोन्नती गर्ने नाम्मा मनसुनको समयमा स्काभेटर र जेसीवी लगाएर सडकको स्तरउन्नति हनुको साटो झनै विग्रिएर अहिले यो सडक वन्द जस्तै भएको फाक्तेप स्थित पंचमी वजारका राधा ढकालले वताउनुभयो । पाँच वर्ष अघि राँकेदेखि मैदानेसम्म डेण किलोमिटर गरिएको कालोपत्रे एक महिना पनि नवित्दै भत्किएपछि अहिले सडक हिलाम्मे भएको छ ।

0 Comments